
काठमाडौं : साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बिज्ञापन



आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ।
शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ।