
नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
छापावाल सुन आज प्रतितोला १ सय रूपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेका छ । आज चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बिहीबार पनि १२ सय ८० रुपैयाँमा नै कारोबार भएको थियो ।