
नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६०० रुपैयाँ घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रतितोला ८६ हजार ३०० रुपैयाँ कायम भएकाेे छ । अघिल्लो दिन यस्तो सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८५० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन



यस्तै, शुक्रवार चाँदीको मूल्य स्थित रहदै प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।
