
सप्तरी : सप्तरीको राजगढ गाउँपालिका-२ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन् ।
स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई लागु औषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भैइरहेको प्रहरीको भनाइ छ।