
काठमाडौँ- प्रयाङ्क भिडियो बनाएर युटुवमा अपलोड गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा विर्तामोड घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकास सेडाई छन् ।
उनलाई साइबर व्युरोले पक्राउ गरेको हो ।
व्युरोका अनुसार उनले प्रयाङ्कको नाममा सार्वजनिक स्थलहरुमा मजाक,ख्यालठट्टा गर्दै शारिरीक र मानसिक सास्ती दिने,गोप्य भिडियो बनाएर युटुवमा अपलोड गर्ने कार्य गर्दै आएका थिए ।
उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको व्युरोले जनाएको छ ।