
काठमाडौँ : आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा हाल उल्लेखनीय मौसम प्रणाली छैन ।
आज पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।