नेपाली बैज्ञानिक चीनमा,नेपाललाई वास्तै छैन।

काठमाडौं । नेपालबाट विदेश गई उच्च शिक्षा प्राप्त गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन् । पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहारुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन । अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हँसाउनु भन्ने ठान्छन् नेपाली युवा ।

युरोप, अस्टे«लिया, अमेरिकाबाट पिएचडी गरेर नेपाल नफर्केजस्तै पछिल्लो समय चीनका राम्रा विश्वविद्यालयबाट पिएचडी गरेका थुप्रै नेपाली वैज्ञानिक चीनमै काम गर्न थालेका छन् । उनीहरु पिएचडीपछिको पोस्टडक र एसिस्टेन्ट प्रोफेसरका रुपमा चीनका विभिन्न विश्वविद्यालयमा काम गर्छन् । चीनका विश्वविद्यालयले पत्याएका त्यस्ता कामयावी वैज्ञानिकलाई नेपालले भने चिन्ने जमर्को गरको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।

बिज्ञापन