
भगवान सूर्यको पूजा
आईतबारको दिन भगवान सूर्यको पूजा गरिन्छ र उनलाई अर्घ्य दीइन्छ। मान्यत छ कि भगवान सूर्यको कृपा यदि तपाई माथि भएमा तपाईको जीवनको सबै संकट दूर हुन्छ। तर सूर्यलाई अर्घ्य दिनु भन्दा अघि केहि कुराको ध्यान राख्न्न आबश्यक हुन्छ।
आईतबारको दिन सूर्य उदाउनु भन्दा पहिलेनै स्नान गरौ। तयसपश्चात सूर्यानारायणलाई तीन पटक अर्घ्य दिऔ। बेलुकाको समय एक पटक फेरि सूर्य दोवलाई फेरि अर्घ्य दिऔ। अब श्रद्धापूर्वक सूर्य मंत्रको जाप गरौ। आदित्य ह्रदयको नियमित रूपले पाठ गरौ। आईतबारको दिन नुन, तेल खान बाट बचौ। यसको साथै आईतवारको दिन एक पटक फलहार अबश्य गरौ।
यसरि दिऔ अर्घ्य
सूर्य भगवानलाई अर्घ्य दिनु भन्दा पहिले तांबाको लोटामा जल भरौ। तयस पश्चात लोटामा रातो फूल, चावल हलेर सूर्य देवको मंत्रको जाप गरौ। यदि तपाईले यो प्रत्येक दिन गर्नु भएमा ज्यादा फायदा तथा लाभ हुनेछ।
यो हो सूर्य को ध्यान मंत्र-
ध्येय सदा सविष्तृ मंडल मध्यवर्ती। नारायण: सर सिंजासन सन्नि: विष्ठ:।।
केयूरवान्मकर कुण्डलवान किरीटी। हारी हिरण्यमय वपुधृत शंख चक्र।।
जपाकुसुम संकाशं काश्यपेयं महाधुतिम। तमोहरि सर्वपापध्नं प्रणतोऽस्मि दिवाकरम।।
सूर्यस्य पश्य श्रेमाणं योन तन्द्रयते। चरश्चरैवेति चरेवेति…!
सुर्य देवलाई प्रशन्न गर्न पुजामा यि बस्तु चडाउ
सूर्यलाइ प्रिय हुन्छ रातो पुष्प – सूर्य भगवानको पूजामा फूल अर्पित गर्नु नै पर्छ यस्तोमा उनलाई रातो फूल चढाउ यो धेरै शुभ मानिन्छ।
अष्टांग अर्ध्य मन पर्छ- सूर्यलाइ भनिन्छ कि जो कसैले सूर्यलाइ अष्टांग अर्ध्य दिन्छन उसलाइ हजार वर्ष सम्म सूर्य लोकमा स्थान प्राप्त हुन्छ। यस प्रकारको अर्ध्य दिनका लागि जल, दूध, कुशाको अग्र भाग, घीउ, दही, मह, रातो कनेर फूल र रातो चंदनको प्रयोग गरौ।
ताम्र पात्र पनि मन पर्छ- सुर्यलाई यदि तपाई सूर्यलाइ अर्ध्य दिने समय माटो र बांसको पात्रको प्रयोग गर्नु हुन्छ भने यसमा कुनै दोष छैन परंतु यसको अपेक्षा सूर्य देवलाई ताम्र पात्र बाट अर्ध्य दिएमा सुर्य अत्यन्त प्रसन्न हुन्छन र सय गुणा अधिक फल दिने छन।
कमल र पलाश को पत्ता पनि मन पर्छ- सुर्य देव लाई सूर्य देव लाई रातो रंग यति धेरै मन पर्छ कि जब कोई उनलाई कमलको फूल र पलाशको पत्ताहरु अर्पण गर्छन सुर्य देव अत्यंत प्रसह्न्न हुन्छन।
तालपत्रको पंखा चढाउ- भविष्य पुराणको अनुसार जो व्यक्ति सूर्य देवलाइ तालपत्र को पंखा समर्पित गर्छन त्यो दस हजार वर्ष सम्म सूर्य लोकमा बस्ने अधिकारी बन्नेछ।
सुर्य पुजा बिधि
सास्त्रको अनुसार यदि कुनै मनुस्यको कुन्डलिमा सुर्य दोस छ भने आईतबार सुर्यको पुजा गर्दा दोस मुक्त र फलदाई हुन्छ। भगवान भास्करको पुजा यस प्रकार गरौ।
सर्बप्रथम प्रात: काल स्नान आदी गरेर स्वछ वस्त्र धारण गरौ, शांतचित्त भएर परमात्मा र सूर्य देवको स्मरण गरौ। एक समय मात्र भोजन गरौ। भोजन तथा फलाहार सूर्यको प्रकाशमा गरौ यानि कि सुर्यास्त भए पछि नगर्ने।
यदि निराहार हुदै सुय अस्त भए अर्को दिन सुर्य उदाए भने मात्र सुर्य देवलाई अर्ध्य दिएर मात्र भोजन गर्ने। व्रतमा नमकीन या तेलयुक्त भोजन नगर्ने अंतमा व्रतको कथा सुन्ने ।।