युट्युबमा तथानाम गालीगलौज गर्नेवि’रुद्ध रेखा थापाकी दिदीले दिइन् निवेदन !

काठमाडौं : युट्युबरमा बहिनीलाई तथानाम गाली र बेइजती गरिएको भन्दै अभिनेत्री रेखा थापाकी दिदी तारा राणाले भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएकी छन् ।

अभिनेत्री थापाकी दिदीले निवेदन दिएको ब्युरोका एसएसपी नबिन्द अर्यालले बताएका हुन् । प्रहरीमा निवेदन परेसँगै त्यसबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिए ।

अभिनेत्री थापाकी दिदीले युट्युबमा तथानाम गालीगलाैज गर्ने शर्मिला वाइबावि’रूद्ध निवेदन दिएको बताइएको छ । पल शाह प्रकरणबारे मुख खोलेका रेखा थापालाई पूर्वपति छविराज ओझाले चर्चित बनाएको र अरुको पैसामा बिक्ने भन्दै सामाजिक भन्न रूचाउने वाइबाले गालीगलौज गरेका छन् ।