
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले गबन्धनको उद्येश्य एमाले सिधयाउनु रहेको बताएका छन् ।
ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले एमालेलाई कमजोर बनाउने उद्देश्यसहितको एकसुत्रिय एजेण्डा बोकेर गठबन्धन हिँडेको बताएका छन् ।
गठबन्धनको यो उद्देश्य विफल पार्नका लागि एमाले एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा पोखरेलको जोड रहेको छ । उनले स्थानीय तहको निर्वाचन गठबन्धनले टार्न खोजेपनि एमालेको दबाबका कारण वैशाख ३० को मिति तय भएको समेत बताएका छन् ।
स्थानीय निर्वाचनमा दुई ध्रुवमा बाँडिएको राजनीतिमा एमालेलाई बलियो बनाउनुपर्ने बताए । साथै स्थानीय तहको निर्वाचनमा नेताहरुले आँखा झिम्क्याएको भरमा टिकट नपाइने उल्लेख गर्दै पार्टीलाई कमजोर बनाउने गरी अगाडि नबढ्न आग्रह गरेका छन् ।