
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै भेदभाव नगरी जनताको सेवा गर्न निजामती कर्मचारीलाई आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा नेपाली कांग्रेस निकट कर्मचारी युनियनको आठौँ महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न आग्रह गरेका हुन्। उनले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बिज्ञापन



उनले राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।
