दमौलीमा आगलागी, आगो निभाउन काठमाडौँबाट हेलिकप्टर पठाइयो

तनहुँ । दमौली बजारमा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगो नियन्त्रणका लागि काठमाडौँबाट हेलिकप्टर पठाइएको छ ।

जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालयले जनाएको छ ।

बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ ।