
कञ्चनपुर । विद्यार्थीहरूलाई कम्प्युटर र प्रोजेक्टरलगायत अन्य प्रविधिको माध्यमबाट अध्यापन गराउन थालिएसँगै शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको कृष्ण माध्यमिक विद्यालय प्रविधिमैत्री बन्दै गएको छ ।
विद्यालयको व्यवस्थापन पक्षले सिसिटिभी क्यामेराबाट विद्यालयका गतिविधि अनुगमन गर्ने गरेको छ । विद्यालयमा प्राविधिक तथा अन्यतर्फको अध्ययन अध्यापनमा कक्षा ९ देखि १२ र प्राविधिकतर्फ प्रविधिमैत्री माध्यमबाट पठनपाठन सञ्चालन भइरहेको छ ।
गणित कक्षामा इनविल्ड कम्प्युटर इन्सपेला स्मार्ट बोर्डको प्रयोग गरी कक्षाहरू सञ्चालन भइरहेको विद्यालयका शिक्षक राजेन्द्र पाण्डेयले बताए । यसमा प्रदेश सरकारको सहयोग रहेको उनले जानकारी दिए । इभिइएनटी बुद्धनगरको ३२ लाख आर्थिक सहयोगमा विद्यालयमा २४ थान कम्प्युटर,२ ल्याप्टप,डिजिटल नेटवर्किं,स्मार्ट बोर्ड रहेका छन् ।
ईन्टरनेटसहितको कम्प्युटर प्रयोगशाला सञ्चालन गरिने बताइएको छ।विद्यालयका शिक्षक पाण्डेयले विद्यालयको पठनपाठन कार्यलाई सहज र प्रविधिमैत्री बनाउने काम गरिएको जानकारी दिए। यसैगरी १२ ओटा टेबल,४२ कुर्सी,५ ओटा सिसिटिभी क्यामेरा रहेका छन् भने सवैमा नेटवर्किं सुविधा रहेको शिक्षक पाण्डेयले बताए ।
यसैगरी नेपाल सरकारबाट मान्यता प्राप्त वेवसाइटको प्रयोग गरी रचनात्मक कक्षागरिएका उनले जानकारी दिए ।
शिक्षक पाण्डेयले नै पढाइमा सहजताका लागि गणितिय सामाग्री सहित कक्षा ६,७,८ का सवै कक्षाहरु सञ्चालन गरिएका पाण्डेयले बताए । यसबाट अति कमजोर विद्यार्थीले थोरै भएपनि आसलाग्दो नतिजा दिन थालेको उनले बताए । साथै अन्य विद्यार्थी र शिक्षकका लागि अति उपयोगी समाग्री उपलव्ध हुन सक्ने उनले बताए । कृष्ण माध्यमिक विद्यालय प्रविधिमैत्री संगै गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको छ ।