६ हजार रुसी सैनिक मारिएको अमेरिकाको दाबी

एजेन्सी । अमेरिकारले युक्रेन आक्रमणमा ६ हजार रुसी सेनाको मृत्यु भएको दाबी गरेको छ ।

युक्रेनमा रुसले आक्रमण थालेको दुई साताको अवधिमा झन्डै ६ हजार रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको हो । सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले त्यस्तो आकलन गरेका हुन् ।

बिज्ञापन

मृतकको अनुमानित संख्याका आधारमा घाइते हुने सैकको संख्या १५ देखि १८ हजार भएको अमेरिकी अधिकारीहरुको अनुमान छ । प्रायः युद्धमा घाइते सैनिकको संख्या मृतकको संख्याभन्दा तीनगुणा हुने गर्छ ।

एक अमेरिकी अधिकारीका अनुसार मृत्यु हुने रुसी सैनिकको अनुमानित संख्यामा रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ। उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही सङ्घर्षसँग तुलना गरे।

युक्रेनले १२ हजार रुसी सैनिक सङ्घर्षका क्रममा मारिएको दाबी गरेको छ । गत साता रुसले ५०० सैनिकले युक्रेनमा ज्यान गुमाएको बताएको थियो। तर युद्धका बेला दुवै पक्षले आफूअनुकूल दाबी गर्ने गरेका छन्।