
काठमाडौं । श्रीलंका भ्रमण अन्तर्गत चौथो तथा अन्तिम अभ्यास खेलमा नेपाललाई श्रीलंका संयुक्त ११ ले २३३ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको श्रीलंका संयुक्तले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनायो ।
श्रीलंका लागि अनुका फर्नान्डोले ५६ रनको अर्धशतकीय पारी खेल्दा सादुन विराक्कोडी ४९ र कुमार स्वामीले ३० रनको योगदान दिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सागर ढकालले ३-३, सोमपाल कामीले २ तथा आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १-१ विकेट हात पारे ।