
काठमाडौं । साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै साउदी अरबका विदेशमन्त्री नेपाल आउने जनकारी दिए ।
उनी २०७८ फागुन ३० गतेदेखि चैत १ सम्म नेपाल भ्रमणमा रहने छन् ।
उनी जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाल आउन लागेका हुन् ।
मन्त्रिपरिषदले साउदी विदेश मन्त्रीसँग दुई पक्षीय वार्ता गर्न परराष्ट्र मन्त्री नारायण खड्काको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने पनि निर्णय गरेको छ ।