
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई विजयी बनाउनका लागि लाग्न निर्देशन पनि दिएका छन् ।
आज (बुधबार)बाट बबरमहलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा उनले आगामी निर्वाचनहरू महत्वपूर्ण भएको र त्यसमा पनि स्थानीय तहको निर्वाचन झनै महत्वको रहेको ओलीको भनाइ थियो । लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आमागी निर्वाचनमा जित्नुपर्ने ओलीको भनाई छ ।
एमाले वामपन्टी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताएका हुन् ।
एमाले मुलुकको ठूलो पार्टी भएको र भ्रम फैलाउनका लागि कम्युनिस्ट पार्टीहरूमा मात्रै ठूलो भनिने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।