गृहमन्त्री ‘बादल’को सुरक्षामा खटिएको जीपले स्कुटरलाई ठक्कर दिँदा २ महिला घाइते

काठमाडौँ । गृहमन्त्रीको स्कर्टिङका लागी ड्युटी लिन हिँडेको सुरक्षाकर्मीका अगुवा गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुरलाई ठक्कर दिँदा दुई महिला घाइते भएका छन् ।

नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको अगुवा जीपले बा ९४ प १०२५ नम्बरको स्कुरलाई ठक्कर दिएको हो ।

बिज्ञापन

जीपको ठक्करबाट नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरिक्षक (एसपी) बामदेव गौतमले जानकारी दिए ।

जीप चालकलाई महानगरीय प्रहरी वृत सिंहदरबारले नियन्त्रणमा लिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मंगलबार बाजुरा जाँदै छन् ।

‘बादल’लाई विमास्थलसम्म स्कर्टिङ गर्न सो जीप प्रहरी प्रधान कार्यालयबाट पुल्चोकस्थित मन्त्रीक्वार्टर जाँदै थियो ।