
बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
लु २ ख ८७३ नम्बरको ट्रक आज बिहान पौने १० बजे अनियन्त्रित भएर सडकबाट पल्टएर करिब ६० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुने दुबै जनाको पहिचान नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका भने घइते ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुर स्थित मेडिकल कलेज अस्पताल पठाइएको छ ।
मृतक र घाइते मध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले जनाएको छ ।