आलिया र रणवीरको विवाह आज हुँदै

नयाँ दिल्ली : आलिया भट्ट र रणवीर कपुर आज विवाह गर्दै छन्। उनीहरूका फ्यानलाई यो खबरले निकै खुसी बनाएको छ। रणवीर र आलिया लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए।

फ्यानहरू यस जोडीको बिहेको प्रतीक्षामा थिए । रणवीर–आलियाको बिहेको बारेमा दुबै परिवारले कुरा गोप्य राख्ने प्रयास गरेका थिए। विवाह कहिले हुँदै छ भनेर उनीहरू र उनीहरुका परिवारलाई प्रायः सोधिन्थ्यो ।

कयौं पटक दुबैको बिहेको झुटो खबर पनि बाहिर आएको थियो । केही समयदेखि उनीहरूको विवाहको चर्चा चलिरहेको थियो तर मितिलाई लिएर धेरै अड्कलबाजी गरिएको थियो ।

कहिले दुबैको बिहे १५ अप्रिलमा हुने भनिएको थियो भने कहिले १७ वा २० अप्रिलको मितिमा हुने कुरा आएको थियो ।

तर हिजो १३ अप्रिलमा सार्वजनिक भएका तस्विरहरूबाट रणवीर र आलियाको आज अर्थात् १४ अप्रिलमा विवाह हुने कुरा स्पष्ट भएको छ । एबीपी न्युज