
नेपालमा गत चौबीस घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ५८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप १० जना र १ हजार ३४५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा शून्य रहेको छ ।
कुल १० जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा ३३४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप २६ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ३९९ पुगेको छ । कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।
त्यस्तै, चौबीस घण्टामा थप ७२ हजार ६८९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।