
भारतमा कोरोना भाइरसबाट सोमबार ३० जनाको मृत्यु भएको छ ।
थप २ हजार ५ सय ४१ जना संक्रमित थपिएका छन् । अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना संक्रमित थिए ।
नयाँ संक्रमितमध्ये १ हजार ८३ जना दिल्लीका मात्रै हुन् । दिल्लीमा केही दिनयता संक्रमण दर बढेको छ ।
लगातार तेस्रो दिन एक हजारभन्दा बढी केस भेटिएको छ । सक्रिय संक्रमित करिब ४ हजार जना छन् ।
भारतमा अहिलेसम्म ४ करोड ३० लाख ६० हजार ८६ जना संक्रमित भइसकेका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना संक्रमित अवस्थामै रहेको जनाएको छ ।