
मार्चमा ओमानमा हुने तय भएको नेपाल, ओमान र युएसएबीचको आईसीसी मेन्स क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज स्थगित भएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२१ को अप्रिलमा हुने तय भएको पीएनजी, ओमान र स्कलटल्यान्डबीचको सिरिज र मेमा हुने भनिएको पीएनजी, युएसए र नामिबियाबीचको सिरिज पनि स्थगित भएको जानकारी दिएको छ ।
कोभिड-१९ को प्रभाव र क्वारेन्टिनको प्रावधानसँगै विभिन्न देशहरूबीच रहेको ट्राभल रेस्ट्रिक्सन आदि कारणहरूले तय भएका सिरिजहरू आधिकारिक रूपमा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थिगित गरिएको आईसीसीले जानकारी दिएको छ ।