
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।
आज काठमाडौंमा भएको एक कार्यक्रममा उनले आफूलाई क्विन्टल भन्ने ओलीले पाउ (साना दल)सँग पनि तालमेल गर्न नछोडेको भन्दै कटाक्ष गरे ।
उनले भने, ‘क्विन्टल भन्नेले पाउ पनि छोडेको छैन ।विप्लवदेखि परिवार दलसँग पनि तालमेल गर्न छोडेका छैनन् ।उनले बालुवाटारमा गठबन्धन बैठक बसिरहँदा एमालेका नेता बाहिर ढुकेर बस्ने गरेको बताए उनले अगाडि भने, ‘गठबन्धनको बैठक बाहिर एमालेका नेता ढुकेर बसेका हुन्छन् ।
जिल्लामा साथीहरुको बेहाल छ । तर, ठूला नेता गठबन्धन गठबन्धन भनेर धारे हार लगाइरहेका छन् ।’उनले कांग्रेस घोषणापत्रमा गफ, हावा, उडन्ते र गर्न नसकिने कुरा नसमेटिएको बताए ।
मंगलबार एक कार्यक्रममा बोल्दै ओलीले कांग्रेस घोषणापत्रलाई पागलहरुको प्रलाप, बकवास र गालीगलौजको दस्तावेज भएको आरोप लगाएका थिए ।तर, ओली मुख छाड्नु के नयाँ कुरा भयो भन्दै प्रश्न थापाले गरे ।
यसअघि पनि सुशिला कार्की, गोबिन्द केसीलगायतलाई ओलीले पागल भनेको थापाले स्मरण गर्दै थापाले भने, ‘झुटको पर्दाफास गर्दा गाली गरेको हुन् ।
बुढा बा सनक्क सन्किँदै गर्दा शरिललाई अप्ठेरो होला ।’उनले ओलीलाई बालकोटै गएर ट्युसन पढाउने घोषणा गरे ।थापाले भने, ‘जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो ।
केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो उहाँले ।
केपी ओलीलाई लजिक मन पर्दैन मेजिक मन पर्छ ।’उनले पार्टीका असन्तुष्टिलाई थाती राख्दै बागी र स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरे ।