
उदयपुर : कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका १२ जनालाई विराटनगरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।
शुक्रबा राति १२ बजे उदयपुरको मस्जिदमा रहेका १२ जना र उनीहरुसँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा ल्याइएको हो ।
संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली हुन् ।
संक्रमितसँगै रहेका अन्य चार जनालाई भने मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको छ ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिदबाट चार वटा एम्बुलेन्समा राखेर विराटनगर लगिएको थियो ।