
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ।
मुम्बईमा बुधबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो।
हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पूरा गर्यो।
गुजरातको जितमा रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै राहुल टेवाटियाले अविजित ४० रन जोड्दा राशिद खान ३१ रनमा अविजित रहे।
हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो। हैदरावादका लागि अविशेक शर्माले ६५ तथा एडिन मार्क्रमले ५६ रनको अर्धशतकीय इनिङ खेले।
गुजरातका मोहमद शामीले ३ विकेट लिए
यश डायल र अल्जारी जोसेफले १र१ विकेट लिए।
गुजरातको सातौं जित हो जितसँगै शीर्ष स्थानमा उक्लिएको गुजरातले ८ खेलमा १४ अंक जोडेको छ। हैदरावाद ८ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।