
कैलालीको एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको लम्कीचुहा–३ स्थित धमला होटेलमा युवती मृत भेटिएकी हुन्।
शनिबार दिउँसो करिब १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेकोले बाँकी विवरण भने आउँन बाँकी रहेको छ।