
भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ ।
शुक्रबार २० वर्षकी युवतीलाई आर्थिक प्रलोभनमा पारी कोठामा ल्याइ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका. स्थायी घर भई मध्यपुरथिमि नगरपालिका वडा नं. ६ पुरानोथिमि बस्ने बर्ष २९ को कवाङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै अन्य चार जना फरार रहेको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी ऋषि राम कडेलले जानकारी दिए ।
लामा पुरानोथिमीमा लुकीछिपी बसेको अवस्थामा ९ गते पक्राउ गरी ११ गते भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
उनले भने– ‘पक्राउ पर्नेले घटनाको कुने पनि कुरा बताएको छैन । मुद्दा दर्ता भइसकेको छ । अब जुन व्यक्ति घटना घटाएको उसको खोजी कार्य जारी छ । थप अनुसन्धान भइरहेको छ ।’
मध्यपुरथिमी नगरपालिका ६ पुरानोथिमिमा डेरा गरी बस्ने २२ वर्षका रोहित गिरी भने फरार छन् ।