अशक्त महिलामाथि बलात्कार, ५८ बर्षीय पुरुष पक्राउ

तम्घास — ३५ बर्षीया अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय  पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

शारीरिक रुपमा अशक्त महिलालाई मुसिकोट नगरपालिका वडा नम्वर २ का ५८ बर्षीय झुपे सार्कीले जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सार्कीले बैशाख १५ गते दिउँसो जवरजस्ती करणी गरेको उजुरीको आधारमा  पक्राउ  गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।

सार्कीलाई जिल्ला अदालत गुल्मीबाट  १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।