शेखर कोइराला र गगन थापा भरतपुरको चुनावी सभामा उपस्थित नहुने

काठमाडौं, बैशाख २२ । चितवनको भरतपुरमा आयोजना हुने सत्ता गठबन्धनको चुनावी सभामा जान नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले इन्कार गरेका छन् ।

डा. कोइराला विराटनगरमै रहेकाले विराटनगरलगायत प्रदेश १ का विभिन्न जिल्लाका चुनावी कार्यक्रममा समभागी हुने तयारीमा रहेका छन् ।त्यस्तै, महामन्त्री थापाको अहिले ११ बजे नेपाली कांग्रेस काठमाडौं महानगर कार्य समितिको आयोजनामा अनुपम फुडल्यान्डमा हुने कार्यक्रममा नेता प्रकाशमान श्रेष्ठसँगै सहभागी हुँदै छन्।