
कञ्चनपुर । नेपाली सेनाले महाकालीपारिको पालिका दोधाराचाँदनी नगरपालिका–६ स्थित महाकाली नदी किनारमा निर्माण गरिएको शवदाह गृह शुक्रबार नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
उक्त शवदाह गृह नेपाली सेनाको नम्बर २५ बाहिनी अड्डा अन्तरगतको श्रीदल गुल्मले ८ लाख ९४ हजार ५ सय ८४ रुपैयाँको लगानीमा निर्माण गरेको थियो ।बाहिनीपति पुरुषोतम ढकालले नगरपालिका प्रमुख किशोरकुमार लिम्बूलाई शवदाह गृह हस्तान्तरण गरेका थिए ।