अर्घाखाँचीको शितगंगामा जीप दुर्घटना, ६ जना यात्रु घाइते

रुपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिका- १४ करेचुलीमा जीप दुर्घटनामा परेर ६ जना यात्रु घाइते भएका छन् । लु १ ज १९४८ नम्बरको जीप करेचुलीबाट सालझन्डीतर्फ जाँदै थियो ।दुर्घटनामा परी अर्घाखाँची शितगंगा- १४ करेचुलीका ४० वर्षीय मनकला दर्लामी, पाल्पा रैनादेवी छहरा- ८ का जीप चालक २३ वर्षीय ज्ञानबहादुर रेश्मी, शितगंगा- १४ का सहचालक २२ वर्षीय खुमन सूर्यवंशी, सोही ठाउँका नन्दबहादुर घर्ती, शितगंगा- १३ मुसियानका ६० वर्षीय टेकबहादुर रजाली र उनकी श्रीमती ४९ वर्षीय दिलकला रजाली घाइते भएका छन् ।

ओरालो सडकमा एक्कासि ब्रेक फेल भई अनियन्त्रित हुँदा जीप मोडबाट खसेको स्थानीयको भनाइ छ। घाइतेमध्ये मनकलालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ । अन्य ५ जनाको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भैरहेको छ ।