के देशले राजा मागेकै हो त? – omkartimes.com

काठमाण्डौ – जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै बिच हामी प्रत्यक दिन देखन सक्छौं काठमाण्डौको माईतिघर खालि नै छैन ।हरेक दिन हुलका हुल मानिसहरु आफ्ना मागहरु लिएर ब्यानर बोकि बिहानै देखी मण्डलामा पुग्छन।कहिले अनशन बसिरहेका भेटिन्छन कहिले नारा जुलुस त कहिले सडकमै पुग्छन उनिहरु ।सडककै एक छेउमा पानिका फोहरा हान्ने साधन राखिएको छ ।सुरक्षाकर्मीहरुको बाक्लो उपस्थीति छ ।

जनाताहरु आफ्ना माग पुरा गराउन सिंंहदरबारलाई सुनाउन नजिकै भएरै होला माईतिघर नै रोज्छन।यहां कुनै सासन पद्दति सफल भएन भन्न खोजिएको पक्कै होईन मात्र यति हो जनतामुखी भएनन प्रतिनिधीहरु।

गृहमन्त्रालयमै पुगेर बिष सेवनको प्रयास हुन्छ।सिधासादा जनताहरुलाई सबैले झुक्याए।जनताहरु सजिलै झुक्किए।
बहुमतले जिताएको यो सरकार प्रति पनि जनता कतै खुशि देखिएनन।बरु एउटै राजा नै बेश थिए भन्नेहरु भेटिए।गांउ गांउमा ईशाई धर्मका कार्यक्रमहरु खुलला चलिरहेका छन।आफ्नो मौलिक धर्महरु र पुरातन सम्पदाहरुमा धावा बोलिरहंदा कोहि चुक्क गर्दैनन।

तालि र हो हल्लाले मात्र चलेको यो परिबेशमा ठोश एजेण्डा लिएर कुनै पनि शक्तिले देशमा आफ्नो तर्फ ध्यान खिच्न सक्ने अवस्था छ।आशाकै रुपमा आएका नयां केही राजनैतिक दलहरु पनि आ आफ्नै सुरमा रमाए।
जनता के चाहन्छन भन्ने तर्फ कसैको ध्यान नजानु अहिलेको खतरा हो।कतै सुनिदै आएको राजतन्त्र फर्कने कुराहरु बरु जनताले चाख लगाएर आए हुन्थ्यो भन्नेहरु थुप्रै भेटिन थालेका छन।