चलचित्र ‘लण्डन टु पेरिस’को छायाङ्कन सुरु

काठमाडौं । चलचित्र लण्डन टु पेरिसको शुभ मुहूर्त हिजो भएको छ । लण्डनको ग्रिनउडमा शुभ मुहूर्त गर्दै छायाङ्कनको शुभारम्भ भएको हो ।

घनश्याम लामिछानेको निर्देशनमा बन्ने उक्त चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कबिर खड्का लगायतका कलाकारहरू रहेका छन् । लण्डनमा फिल्म ३० दिन सुटिङ गर्ने र त्यसको केही समयपछि पेरिसमा ७ दिनको सुटिङ सेड्युल रहेको एक क्रु मेम्बरले जानकारी दिए ।

बिज्ञापन

चलचित्रमा ५० प्रतिशतभन्दा बढी प्राविधिकहरू भारतबाट रहेका छन् ।