यस्तो रहनेछ आज दिनभरको मौसम

आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ।

सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मंगलबार सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।