घाटामा रहेकाे साझा यातायातका ३५ प्रतिशत यात्रुले भाडा तिर्दैनन्

 


काठमाडौं । साझा यातायातमा चढ्ने यात्रु मध्ये ३५ प्रतिशतले भाडा तिर्दैनन । दुई वर्षदेखि निरन्तर घाटामा गएको साझाले सामाजिक उत्तरदायित्व भन्दै ७० वर्ष माथिका जेष्ठ नागरिक, बालबालिका र अपांगता भएकासँग भाडा लिँदैन ।

 

यस्तै विद्यार्थीलाई पनि झण्डै ५० प्रतिशत भाडा छुट दिने गरेको छ । साझा बस चढ्ने यस्ता यात्रु करिब ३५ प्रतिशत रहेको साझाले जनाएको छ । ‘सामाजिक उत्तरदायित्व बहन गरिरहेका छौं । त्यस अन्तर्गत करिब ३५ प्रतिशत यात्रुले भाडा छुट पाउँछन्,’ संचालक समितिका सदस्य वसन्त आचार्यले भने ।

 

साझा यातायातले आर्थिक वर्ष ०७४/७५ मा एक करोड ७८ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा साझाले एक करोड ८२ लाख ६५ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । आम्दानीभन्दा खर्च बढी भएपछि साझा निरन्तर घाटामा गएको खबर आजकाे नयाँ पत्रिका दैनिकमा छ ।