
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले उकालो लागेको छ। हिजो (बिहीबार) प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५०० रूपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै उक्त मूल्यमा सुन कारोबार हुने जानकारी दिएको हो। बुधबार प्रतितोला १०० रूपैयाँले उकालो लागेको सुन बिहीबार ८०० रूपैयाँले घटेको थियो।
बिज्ञापन



यसैगरी, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ। सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ।
