मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकरदुई दिनमै वर्षा हुन्छ : मौसमविद्

काठमाडौं । मौसमविद्हरूले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्। केही दिनयता मनसुन निस्क्रिय भएकाले गर्मीको अनुभव भएको मौसमविद्को भनाइ छ।

जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले हाल देशको विभिन्न भागहरूमा तापक्रम बढेकाले अत्यधिक गर्मी हुनु स्वभाविक रहेको बताइन्।

मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ। उनले मनसुन न्यून चापिय रेखामा एकरदुई दिन भित्रमै माथि आउने र वर्षा हुन सुरु हुनासाथ गर्मी हटेर जाने बताइन्।

उनले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने बताइन्। हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको उनको भनाइ छ। हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको उनले बताइन्। पोखरेलका अनुसार एकरदुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुनेछ।

मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन्। त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको छ।