
गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साताभरमा सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ थियो ।
जुन, यो साता २०० रुपैयाँले बढेको महासंघले जनाएको हो ।यससँगै, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो । यो साताको आइतबार सुनको कारोबार खुल्दा मूल्य घटेको थियो । आइतबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ४०० रुपैयाँले बढेको थियो ।
यसैगरी, यस्तै, मंगलबार तोलामा २०० रुपैयाँले घटेर बुधबार पुनः सोही मूल्य बढेको थियो । यसैगरी, बिहीबार तोलामा १ हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार १ हजार रुपैयाँले नै बढेर ९४ हजार रुपैयाँमा पुगेको हो । यसैगरी, यो साता चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साता ११ सय ६५ रुपैयाँ प्रतितोला पुगेको हो ।