
दमक। नेपाली कांग्रेसका नेता एवं झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रहित विपरित भएको बताउनु भएको छ ।

उहाँले नेपालीले विबाह गरेर भारत गएको सात आठ वर्ष पर्खिनु पर्ने तर भारतीयले विबाह गरे लगत्तै नागरिकता पाउने प्राबधान गलत भएको बताउनुभयो ।



उहाँले बैबाहिक अंगीकृत नागरिकता मुलुकको हितमा नभएको भन्दै यो पारित नहुने भन्दै विरोध जनाउनुभयो । सभापति भण्डारीले आँफू बिपीको अनुयायी भएको भन्दै नेतृत्वले गलत गर्दा लम्पसार पर्न नसक्ने बताउनुभयो । नेता भण्डारीले नेतृत्वले गलत गर्दा चुप लागेर बस्नु भनेको यात दास हो यात अबसरबादी हो भन्दै आँफू त्यो हुन नसक्ने बताउनुभयो ।

फरक प्रशंगमा उहाँले अबको निर्वाचनमा कांग्रेस अझ बलियो हुने दाबी समेत गर्नुभयो । गठबन्धन स्थाइ सरकारको लागि भएकाले सम्मृद्धि र विकासका लागि गठबन्धन गरिएको भन्दै नेता भण्डारीले झापा ५ मा गठबन्धनका उमेद्वारले जित हासिल गर्ने दाबी समेत गर्नुभयो ।