वैवाहिक अंगीकृतहरुको विषयमा एमालेको अडान यथावत, निश्चित समयको अन्तरालमा मात्र नागरिकता

काठमाडौं।  नेकपा एमालेले वैवाहिक अंगीकृतहरुको विषयमा आफ्नो अडान यथावत राखेको छ । उसले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको छ ।

आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष ओलीले नागरिकता विधेयकबारे ६ बुँदे धारणा अघि सार्नुभएको छ ।

ओलीले आफ्नो प्रतिवेदनमा बैबाहिक अंगीकृतको हकमा निश्चित समयपछि मात्रै नागरिकता दिनुपर्ने र त्यतिन्जेलका लागि परिचयपत्र दिनुपर्ने बताएका छन् ।

साथै लैगिक समानता, आमाको आत्मसम्मान, आमाको नामबाट नागरिककता पाउने संवैधानिक प्रबन्धनको कार्यान्वयन लगायतका प्रश्नमा राष्ट्रपतिले उठाएका प्रश्नमा गम्भीर छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।