
मोरङ । मोरङको धनपालथान गाउँपालिकामा भारततर्फ अवैध रुपमा लैजाँदै गरेको अवस्थामा ४७ गाई–गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बिहान करिब साढे १ बजे गाउँपालिका–१, गडेरिया चौकबाट नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक मानबहादुर राईका अनुसार भेटनरी क्वारेन्टिनबाट अनुमति तथा सिफारिस नगरिएका २९ वटा गाई, १५ गोरु, एक बाच्छी र दुई बाच्छा गरी ४७ गाई–गोरु प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी प्रवक्ता राईका अनुसार करिब ५ लाख २१ हजार रुपैयाँ बराबरको गाई–गोरु भारततर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
हाल प्रहरीले नियन्त्रणमा लिएका गाई–गोरु विराटनगर रानीस्थित भन्सार कार्यालयलाई बुझाउने जनाएको छ । प्रहरीले गाई–गोरुको मालिक वा अवैध रुपमा भारत लैजाने व्यक्तिबारे जानकारी दिएको छैन ।