

बारा । गत हप्ता बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी मृत्यु भएकाहरुको सम्झनामा प्रदेश- २ सरकारले शाेक मनाउने भएकाे हाे ।
बिज्ञापन



आइतबार बसेको प्रदेश मन्त्रिपरिषदकाे बैठकले यही चैत ३० मृतकहरुको १३ औं दिनको पुण्य तिथि मानेर शोक मनाउने निर्णय गरेको हाे ।

चैत ३० गते बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौनधारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
यसअघि प्रदेश- २ काे सरकारले केन्द्र सरकारलाई उक्त घटनामा राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेकाे थियाे । तर साे आग्रहलाई केन्द्र सरकारले नमानपछि प्रदेश सरकार आफैं शाेक मनाउने निर्णयमा पुगेकाे बताइएकाे छ ।
बैठकले मृतकका परिवारलाई किरिया खर्चबापत तत्काल प्रतिपरिवार रु २५ हजार दिने निर्णय समेत गरेको छ ।-न्यूज२४