सेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे

सेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ। ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा सेयर बजार बन्द भएको छ।

२२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ। जसमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने ८ कम्पनीको बढेको छ।

सबैभन्दा जीवन बिमा २२१, निर्जीवन बीमा १२४, विकास बैंक ९१, माइक्रोफाइनान्स ७७, उत्पादन ७१, जलविद्युत् ६५, व्यापार उपसमूह ६१, फाइनान्स ४७, होटल तथा पर्यटन ४० र बैंकिङ १२ अंकले घटेको छ।