
दमक / ट्रयाक्टरमा काम गर्दै आएका हल्दिबारीका २२ वर्षीय सुदीप यादव मृत अवस्थामा फेला परेका थिए ।
बाँसको चौतारामा सुतेका यादव बिहानीपख मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको मुखबाट फिँज निस्किएको अवस्थामा शव भेटिएको थियो।
शव परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएकाे छ भने परीक्षण पछि डाक्टरले मृतकको खुट्टाको तल सर्पले टोकेको जस्तो दाग देखिएको बताएका छन्।
यथार्थ कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने अस्पताल स्रोतले जनाएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ।