
दमक / मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा रहेकाे हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ३ जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।
उक्त घटनाबाट गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएको थियाे भने अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएकाे छ।
बाँकी अन्य घाइते तीन जनाको उपचार भइरहेको छ।
Tags