प्रदेश प्रमुखहरूलाई हटाएर सरकारले सर्वसत्तवाद लाद्न खोज्यो : कांग्रेस

सरकारले बिनाकारण सातै प्रदेशका प्रमुख हटाएको भन्दै प्रमुख राजनीतिक दलले असन्तुष्टि जनाएका छन्। दलहरुले प्रदेश प्रमुखलाई हटाएर सरकार सर्वसत्तावाद लाद्न उद्यत भएको आरोप लगाएका छन्।

सरकारलाई प्रदेश प्रमुख हटाउने अधिकार भए पनि बिनाआधार सबै प्रदेश प्रमुख हटाएर उक्त पदको गरिमालाई हल्का बनाएको आरोप उनीहरुको छ।

बिज्ञापन

‘प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई सरकारले एकलौटी र मनपरी ढंगले हटाएर केही बाँकी नराख्ने नीति लिग्यो,’ कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘सरकारको यो कदम सर्वसत्तावाद लाद्न उद्यत भएको देखिन्छ।’

सातवटै प्रदेश प्रमुखलाई हटाउने मन्त्रिपरिषद् निर्णय भत्र्सनायोग्य रहेको बताउँदै पौडेलले जथाभावी निर्णय नलिन सरकारलाई सचेत गराए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनतासँग सम्बन्धित कामलाई अलपत्र छाडेर सरकारले असम्बन्धित विषयमा प्रवेश गरेको आरोप लगाए।

पूर्वाग्रही माानसिकताबाट ग्रसित भएर सरकारले प्रदेश प्रमुख हटाएको आरोप लगाउँदै शर्माले भने, ‘राम्रो काम गर्नेलाई राखेर नराम्रो गर्नेलाई बर्खास्त गर्न सकिन्थ्यो। तर कुनै मूल्यांकनबिनै हटाइयो।’ नागरिक दैनिकबाट ।