प्रधानमन्त्री ओलीले नै नक्कली प्रमाणपत्र हस्तान्तरण गरे


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा नन्नकली प्रमाणपत्र वितरण गरेका छन् । प्रधानमन्त्रीओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ डब्लुबिआर प्रमाणपत्र नक्कली रहेको पाइएको हाे ।

बिज्ञापन

सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा के लेखिएको छ भनेर हस्तान्तरण गर्नेहरुले ध्यान दिएनन् । तर प्रधानमन्त्री ओलीले हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली थियो ।

प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेका व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतले वकिल भनेर उल्लेख गरिएको छ ।

तर गुगलमा उनका बारेमा सर्च गर्दा उनको संलग्नता वल्र्ड बुक अफ रेकर्डको प्रमाणीकरणमा मात्र देख्न सकिन्छ । उनको नाम सर्वोच्च अदालतको वकिलको सूचिमा पनि नभएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।