२० हजार घुससहित वडासचिव पक्राउ

विराटनगर । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् ।

 

बिज्ञापन

पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् ।

 

वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।

 

सचिव ठाकुरलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।