छुरा प्रहार गरी १४ वर्षीय छोराको विभत्स हत्या

कञ्चनपुर : जिल्लाको भिमदत्त नगरपालिका –२ उल्टाखाममा बाबुले छोरालाई छुरा प्रहार गरी विभत्स हत्या गरेका छन् ।

 

बिज्ञापन

 

हिजो (बुधबार) साँझ बाबु डम्बर चन्दले १४ वर्षीय छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टका अनुसार बुधबार साँझतिर घरमै डम्बरले छोरालाई छुरा प्रहार गरी घाइते बनाएको बताए । उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा सुवर्णको मृत्यु भएको उनले बताए ।

 

घटनास्थलबाट छुरा बरामद गरेको र डम्बरलाई पक्राउ गरिसकेको प्रहरी निरीक्षक भट्टले बताए । यसैगरी बालकको शव महाकाली अस्पतालमा राखिएको उनले बताए ।